नरेशले रश्मीसंग भ्याए दुई दिनमा दुईटा तीज गीत



रंग खबर, काठमाण्डौं । ‘ओए लब्ली’ र ‘सनसनी’ बोलको गीतमा अभिनय गरेर चर्चा बटुलेका मोडल नरेश जोगीले यो सातामा दुईटा म्युजिक भिडियोमा अभिनय गरे । दुईटै गीतमा उनले पछिल्लो समय लोकदोहोरी जमेकी मोडल रश्मी तामाङसँग नाचे ।
naresh jogi
गोपाल नेपाल जिएम र बिष्णु खत्रीको स्वर रहेको ‘दिदीभाई’ र गोपालसँगै पुर्णकला विसीको स्वर रहेको ‘हरिया चुरा हातै भरी’ बोलका गीतमा अभिनय गरेका हुन् । आईतबार र सोमबार भक्तपुरको गणेशथानमा छायांकन भएका दुवै गीतलाई निर्देशक विक्रम चौहानले निर्देशन गरे । मुकेश हुमागाईंको सम्पादन रहने दुवै गीत साउनमा रिलिज हुने निर्देशकले जानकारी दिए ।
naresh rashmi

प्रतिक्रिया दिनुहोस्