पाउ ढोग्दै रश्मीसँग यसरी नाचे नरेश (हेर्नुस् नयाँ तीज गीत)



रंग खबर, काठमाण्डौं । महिलाहरुको महान चाँड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलका विच गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।
rashmi and nareshगीतले दिदीबहिनी र भाईविचको प्रेम दर्शाउछ । गीतको बोलले भन्छ :
‘आफ्नै दिदीबहिनीसँग नाच्नलाई के सरम
नाच्दानाच्दै पाउ लाग्यो कि, लेउ दिदी ढोग गरम’

गीतलाई कृष्ण रानाले लेखेका हुन् । संगीत गोपाल स्वयम्ले भरेका छन् । लोकदोहोरीकी व्यस्त मोडल रश्मी तामाङले भिडियोमा अभिनय गरेकी छिन् ।
rashmi tamang‘ओए लभ्ली’ र ‘सनसनी’ बोलको गीतबाट प्रशंसा बटुलेका थारु मोडल नरेश जोगी रश्मीको भाईका रुपमा भिडियोमा नाचेका छन् । टिंकल पनि भिडियोमा फिचरिङ छन् । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । क्रिष्टियानो म्युजिक प्रालिले गीतलाई बजारमा ल्याएको हो ।

Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्