‘तीजैको बेला’ भन्दै यसरी नाँचे रश्मी र नरेश (भिडियो)



रंग खबर, काठमाण्डौं ।
rashmi naresh‘तीजैको बेला भएर भेला
नाँचौ गाऔँ, रमाइलो होला’

गायिका पुर्णकला विसी र गायक गोपाल नेपाल जिएमको स्वरमा नयाँ तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ । अघिल्लो सातामात्र गोपालले विष्णु खत्री क्षत्रीसँग मिलेर ‘दिदीको पाउ ढोग’बोलको गीत सार्वजनिक गरेका थिए ।

महिलाहरुको महान चाँड तीज नजिकिदैँ गर्दा लोकदोहारी गायक–गायिकामा तीज गीत निकाल्ने लहर नै चलेको छ । जसअनुरुप गोपालको दुई तीज गीत एकसाताभित्र सार्वजनिक भएका हुन् । ‘हरिया चुरा’मा पनि ‘दिदीको पाउ ढोग’मा अभिनय गरेका मोडलद्धय रश्मी तामाङ र नरेश जोगीले नै अभिनय गरेका छन् । यसअघिको गीतमा दिदीभाई बनेर नाँचेका रश्मी र नरेश ‘हरिया चुरा’मा प्रेम जोडीका रुपमा नाचेका छन् ।

युवराज थापा र कल्पना कार्कीले सँयुक्त रुपमा लेखेको यो गीतमा युवराज थापाको संगीत रहेको छ । गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।
भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्