पर्शुरामसंग निशाको यस्तो रोमान्स (हेर्नुस जय पर्शुराम गित)



रंग खबर, काठमाडौँ | ‘जय पर्शुराम’को पहिलो गित रिलिज गरिएको छ । साउन २८ को प्रदर्शन मिति नजिकै आउदै गर्दा फिल्मको पहिलो गित सार्वजनिक गरिएको हो । ‘म त हुन्छु’ बोलको गीतमा निशा र बिराजको केमेस्ट्री देख्न सकिन्छ । निक्कै मेहनत गरेर खिचिएको गीतका दृश्यहरु सुन्दर छन । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

parshuram 3

डा: कृष्णहरि बरालको शब्दमा महेश खड्काले संगीत भरेका छन् । गीतमा दिपक लिम्बु र अन्जु पन्तको स्वर रहेको छ । स्टार हिरो बिराज भट्टको कमब्याक रहेको कारण ‘जय पर्शुराम’ अहिले चर्चित र प्रतिक्षित् बनेको छ । फिल्मलाई निर्माता एवं निर्देशक रोज राणाले निर्देशन गरेका हुन् ।

parshuram 2

 

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्