नेपाली सेलेब्रेटी अभिनित बिज्ञापनलाइ लन्डनमा अवार्ड



रंग खबर, काठमाडौँ | नेपाली सेलेब्रेटी बिनय श्रेष्ठ र मेनुका प्रधान अभिनित एक बिज्ञापनले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । लण्डनमा आयोजित ‘क्रिएटिभ कन्साइन्स अवार्ड २०१६’ मा नेपाली सामाजिक व्यावसायिक विज्ञापन ‘साबुनमेन’ले उत्कृष्ठ अवार्ड हात पारेको हो । आयोजक संस्थाको आधिकारिक वेबसाइटमा उल्लेख गरे अनुसार नेपाली बिज्ञापन ‘साबुनम्यान’ले विभिन्न देशका थुप्रै बिज्ञापनहरुलाई पछी पार्दै यो अवार्ड हात पारेको हो ।

binaya and menuka on ad

‘हेल्प नेपाल टुडे’ले गत अप्रिलमा तयार पारेको  विज्ञापनलाइ निर्देशक प्रवण जोशीले बनाएका हुन् | हात धुनुको महत्व दर्शाउँदै सामान्य बानीले मानिसलाई कसरी सुपरहिरो बनाउँछ भन्ने कुरा विज्ञापनमा प्रस्तुत गरेका छन् ।  मानस सुवालको छायांकन र सुशिल न्यौपानेको सम्पादन छ । विज्ञापनमा ‘किन उड्छ साबुन मेन’ गीत प्रस्तुत गरिएको छ, जसमा अल्मोडा राना उप्रेतीको लेखन र गायन छ ।

हेर्नुस यस्तो छ ‘साबुनम्यान’को भिडियो:-

प्रतिक्रिया दिनुहोस्