‘लालजोडी’ ट्रेलर, गित र पोस्टर सार्वजनिक (ट्रेलर सहित)



रंग खबर, काठमाडौँ | संचारकर्मी लक्ष्मण सुबेदी निर्मित एवं निर्देशित ‘लालजोडी’को ट्रेलर, गित र पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको बारेमा जानकारी दिइयो । कमेडी र रोदनको समिश्रण ट्रेलरमा अधिकांश सानो पर्दाका कलाकारहरु बर्चश्व रहेको छ । फिल्ममा  रजनी केसी, नक्कली बाबुराम उर्फ ज्योति काफ्ले, आयुष्मा कार्की, बुद्धी तामाङ ‘हैट’, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगाएतका कलाकारले अभिनय गरेका छन ।

laaljodi

कार्यक्रममा बोर्ड अध्यक्ष्  राजकुमार राईले फिल्मको हिट भएर दोस्रो भाग पनि बनोस भनेर शुभ-कामना दिएका थिए । पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा फिल्मका बारेमा बोल्दै अभिनेत्री रजनी केसीले भदौ १७ मा रिलिज हुने मेरा दुवै फिल्मललाई सपोर्ट रहेको बताइन । टंक बुढाथोकीले संगीत भरेको ‘लालजोडी’का गित दिनेश सुबेदीले लेखेका हुन् | ‘लालजोडी’का गित अहिले हिट हुदै गैरहेका छन्  ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्