नेपाल फोटो प्रतियोगिताका बिजेता तस्बिरहरु (पुरा तस्बिरहरु)



रंग खबर, काठमाडौँ | फोटो पत्रकार क्लबको आयोजनामा आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि दिपकरत्न बज्राचार्यले जितेका छन् । ७२ बैशाख १२को भूकम्प जादै गर्दाको क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ बन्न सफल भयो । देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेकोे  निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो ।

विधागत रुपमा कुन तस्बिरले कुन स्थान हात पारे हेर्नुस:-

आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३

Photo-of-the-year

१) पर्यटन र संस्कृति 

1st-Culture-and-Tourism

यो विधामा दिनेश श्रेष्ठको तस्वीर पहिलो भएको छ । बाला चतुर्दशीमा ललितपुरको ब्रज बाराही मन्दिरमा बत्ती बाल्दै गरेका महिलाहरू ।

people of different ethnic groups celebrating the festival of colors, Holi.

विभिन्न समुदायका मानिसहरू भेला भएर होली खेल्दै गरेको सम्ब्रन्दा बज्राचार्यको तस्वीर दोस्रो भएको छ ।

3rd-Culture-and-Tourism

आभाष कर्मचार्यको यो तस्वीर तेस्रो भएको छ । यो तस्वीर कार्तिक नाचका क्रममा पाटन दरबार स्क्वायर क्षेत्रमा खिचिएको थियो

२) डेली लाइफ

Daily Life

यो विधामा ह्युम पाइपमाथि उफ्रिएर रमाइरहेकी युवतीको कलात्मक तस्वीर पहिलो भएको छ । यो तस्वीर नरेश श्रेष्ठको हो ।

2nd-Daily-Life

लोमानथाङमा दुर्इ बालबालिका डोर्याउँदै गरेको यो तस्वीर गोपेन रार्इले खिचेका हुन् । डेली लाइफ विधामा यो तस्वीर दोस्रो भएको छ ।

3rd-Daily-Life

साँखुमा एक महिला नेपाली कागजको फ्रेम बोक्दै गरेको प्रताप थापाको यो तस्वीर तेस्रो भएको छ ।

३) नेचर एण्ड वाइल्ड लाइफ 

1st-Nature-and-wildlife

यो बिधामा रमेशकुमार पौडेलको तस्वीर पहिलो भएको छ । तस्वीरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु छन् ।

Summer love

दोस्रो तस्वीर विश्व ताम्रकारको हो ।

Owls are spotted sitting in hollow nest

यो विधामा विकास गड्गीको लाटोकोसेरो जोडीको गुँडमा बसेको तस्वीर तेस्रो भएको छ ।

४) नेपाल स्माइल 

A boy carries a child on his back as they return home from school along the streets of Lalitpur

नभेश चित्रकारको तस्वीर यो विधामा पहिलो भएको छ । स्कुलबाट फर्कँदै गएका एक बालकले काँधमा सानो बच्चा बोकेका छन्

2nd-Nepal-Smiles

 

काठमाडौं फनपार्कमा रमाइरहेका एक बालिकाको यो तस्वीर दोस्रो भएको छ । यो तस्वीर रजेन्द्र केसीले आफ्नो क्यामरामा कैद गरेका हुन् ।

3rd-Nepal-Smiles

रोपाइका क्रममा हिलोले लतपतिएका एक युवकको तस्वीर सुलश भक्त श्रेष्ठको हो । यो तस्वीर नेपाल स्माइल बिधामा तेस्रो भएको छ ।

५) स्पोर्टस

1st-Sports

यो विधामा सर्विन्द्रकुमार पुनको तस्वीर पहिलो भएको छ । तस्वीर रूकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन् ।

2nd-Sports

रोविक उपाध्यायको तस्वीर दोस्रो भएको छ । चप्पल लगाएर फुटबल खेल्दै गएका एक बालकको कलात्मक तस्वीर ।

Bird's eye view of two mountain bikers in Muktinath, Mustang.

यो विधामा मुस्ताङमा साइकल गुडाइरहेका दुर्इ जनाको तस्वीर तेस्रो भएको छ । यो तस्वीर उमेश श्रेष्ठको हो ।

६) समाचार 

Body of a victim lies trapped in the debris after an earthquake hit, in Kathmandu

यो विधामा नभेश चित्रकारको तस्वीर पहिलो भएको छ । विनाशकारी भूकम्पले भत्किएको भग्नावशेषले थिचिएको व्यक्तिको तस्वीर छ ।

Smoke and dust

भूकम्पपछि ललितपुरको खकनाको तस्वीर दोस्रो भएको छ । यो तस्वीर राजेश गुरूङले खिचेका हुन् ।

3rd-News

लक्ष्मीप्रसाद नाखुसीको तस्वीर तेस्रो भएको छ । भूकम्पका बेला आफन्त गुमाएपछि भावविहृवल बनेकी महिलाको तस्वीर हो यो ।

प्रतिक्रिया दिनुहोस्