पाकिस्तानी संगीतकारको संगीतमा मदनगोपालको ‘तिम्रो खबर’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । गायक/संगीतकार मदनगोपाल ले ‘तिम्रो खबर आएन खै…’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
timro khabarपत्रकार पारस नेपालले लेखेको गीत पाकिस्तानी संगीतकार इमाद रहमानले संगीतबद्ध गरेका हुन् । हालै राजधानीमा एक कार्यक्रमविच सार्वजनिक गरिएको गीतको संगीत संयोजन पनि इमादकै हो, जो कराचीमा बसेर संगीतकर्ममा क्रियाशील छन् ।

‘तिम्रो खबर आएन खै…’ गीत मदनगोपालको पा“चौ“ एल्बम ‘तिम्रो खबर’ मा रहनेछ, जुन आउ“दो दशै“अगाडि सार्वजनिक हुनेछ । मदनगोपालका यसअघि ‘अलमोस्ट,’ ‘आकृति,’ ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम निक्लिसकेका छन् । उनले ‘सा“घुरो’, ‘खुडकिलो’ सहित केही फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन, बालगीत, भजन, स्वदेशगान लगायत पनि गाएका छन् ।

‘तिम्रो खबर…’ म्युजिक भिडियोमा अभिनेता भोलाराज सापकोटा, वर्षा शिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् । यसलाई निर्देशन गरेका हुन् सुरजसिंह ठकुरीले ।
‘यसअघिका भन्दा यो गीतमा मदन भाइको स्वरले बढी न्याय गरेको अनुभव भयो,’ गीतकार रोशन भट्टराईले कार्यक्रममा भने । फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खडकाले गीतको सफलताको कामना गरे भने, भोलाराजले म्युजिक भिडियो फिल्मकै हिसाबले बनेकाले श्रोताहरूले रुचाउने बताए । संगीतकर्मी राजीव शाहले उक्त गीत मदनले मनमुटु दिएर गाएको टिप्पणी गरे ।

आफूले उक्त गीत कुरकुरे बैँसमा लेखेको उल्लेख गर्दै पारसले करिब दुई दशकपछि पाकिस्तानी संगीतकारको हातबाट संगीतबद्ध भएर श्रोतामाझ आउनु मीठो संयोग रहेको सुनाए । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक पारस आफै गाउँछन् पनि । दुई वर्षअघि ‘नालापानी कालापानी’ सिंगल ट्र्याक निकालेका उनको अर्को एल्बम ‘आमा नेपाल’ दशै“अगाडि बजारमा आउँदैछ ।

‘इमाद दुई वर्षअघि काठमान्डु आएका बेला कल्चरल एक्सचेन्जका रूपमा यो गीतको काम सुरु भएको थियो,’ मदनले भने, ‘श्रोताहरूले यसलाई नया“ स्वादका रूपमा लिनुहोला भन्ने आशा छ ।’

त्रिविबाट व्यवस्थापनमा स्नातक र शास्त्रीय संगीतमा स्नातकोत्तर मदन राजधानीका चेल्सी इन्टरनेसनल एकेडेमी, ओलम्पिया वल्र्ड हाइयर सेकेन्डरी स्कुल, भीएस निकेतन, माइती नेपाल, नेपाल संगीत विद्यालयमा संगीतसमेत पढाउ“छन् ।
हेर्नुस् गीत :

प्रतिक्रिया दिनुहोस्