पहिलो पल्ट निखिल र प्रियंकाले स्क्रिन सेयर गर्दै, ‘राधे’मा हुनेछ रोमान्स



रंग खबर,काठमाडौँ | अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्की अब एकै साथ देखिने भएका छन् । फिल्म ‘राधे’मा निखिल र प्रियंका अनुबन्धित भएका हुन् । फिल्ममा आशिष्मा नकर्मी र प्रमोद अग्रहरीको पनि अभिनय रहनेछ । उसो त प्रियंका निखिलको ‘लुटेरा’मा आइटम भूमिकामा देखिएकी थिइन् ।
nikhil and priyanka karki
लेखक जगदिश्वर थापाको निर्देशन गर्ने फिल्म भदौको पहिलो हप्ता फ्लोरमा जानेछ ।  दुई दिन अगाडिमात्र अमेरिकाबाट फर्किएकी प्रियंकाले आए लगत्तै यो  फिल्म साइन गरेकी हुन् । यसअघि सुशील पोखरेलले थुप्रै नयाँ पूराना अनुहार हेरेपनि चित्त बुझाएका थिएनन् । पोखरेलले यसअघि निगरानी, बडीगार्ड, लभसभ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्