‘सकुन्तला’ रोमान्टिक गीतमा किशोर र स्मृतिको रोमान्स (भिडियो हेर्नुस)



रंग खबर, काठमाडौँ | भदौ १० मा प्रदर्शन हुने ‘सकुन्तला’को नयाँ गीत रिलिज भएको छ । गीतमा किशोर खतिवडा र स्मृति श्रेष्ठ  फिचरिङ भएका छन् । रोमान्टिक जनराको गीतमा युवराज चौंलागाईं र आकांक्षा बस्यालले स्वर दिएका छन् । गीतमा दयाराम पाण्डेको शब्द कृष्ण बिकेको संगीत रहेको छ ।

शकुन्तला

फिल्ममा राजेश हमाल, किशोर खतिवडा, अनु शाह र स्मृति श्रेष्ठको अभिनय रहेको छ । महेश्वर खत्री र श्रीप्सा खत्रीले निर्माण गरेको फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । ‘सकुन्तला’ राजेश हमालको भिन्न गेटअपले गर्दा यो सालको प्रतिक्षित् फिल्ममा गनिएको छ ।

Watch Here Song:-

 

 

प्रतिक्रिया दिनुहोस्