प्रतिक्षित् कमेडी फिल्म ‘छक्का पन्जा’को ट्रेलर रिलिज (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ | भदौ २४ गते प्रदर्शन हुने फिल्म ‘छक्का पन्जा’को ट्रेलर रिलिज गरिएको छ । कमेडी र रोदनलाई समेटिएको ‘छक्का पन्जा’ ट्रेलरमा दिपकराज गिरि, प्रियंका कार्की, नम्रता सापकोटा, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्दी तामाङ, शिवहरि पौडेल लगाएतको अभिनय रहेको छ । फिल्ममा रमाइला र गहकिला सम्बाद रहेका छन् । दिपकराज गिरिका अनुसार फिल्ममा ६० जना कलाकारहरु रहेका छन् ।

छक्का पन्जा. २

दीपाश्री निरौला निर्देशित फिल्मको ट्रेलर लन्च समारोहमा अघिल्ना फिल्म ‘छ एकान छ’ र ‘वडा नम्बर ६’का निर्देशकद्वय दिनेश डिसी र उज्जल पौडेललाई सम्मान गरियो । फिल्ममा निर्मल शर्माको लगानी, राजनराज सिवाकोटी र दिपक शर्माको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

छक्क पन्जा

कार्यक्रममा बशुन्धरा भुसाल, दीपाश्री निरौला, दिपकराज गिरि, नम्रता सापकोटा, कुन्जना घिमिरे, निशा सुनार, बर्षा राउत, निर्मल शर्मा, शिवहरि पौडेल, बुद्दी तामाङ, जितु नेपाल लगाएतका कलाकारको उपस्थिति थियो ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्