फ्राइडे रिलिजमा ‘जय पर्शुराम’ संग बलिउडका दुई फिल्म



रंग खबर, काठमाडौँ | यो साता नेपाली सिनेमा हलहरुमा तीन फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘जय पर्शुराम’ बलिउडका दुई फिल्म ‘रुस्तम’ र ‘मोहेंजो दारो’ प्रदर्शनमा आएका हुन्  । तिनै फिल्म राम्रा ब्यानरका हुन् ।

release-in

जय पर्शुराम: बिराज भट्टको कम्ब्याक रहेको ‘जय पर्शुराम’लाई रोज राणाले निर्माण निर्देशन गरेका हुन् । अदालतीय मुद्दाको बीच पनि ‘जय पर्शुराम’ अलनेपाल ८० भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको हो । एक्सन फिल्ममा बिराजसंगै निशा अधिकारी र रोबिन तामाङ मुख्य भूमिकामा रहेका छन् | ‘जय पर्शुराम’ यो बर्षको प्रतिक्षित् फिल्म हो ।

रुस्तम: अक्षय् कुमार स्टारर फिल्म २०१६ को प्रतिक्षित् फिल्म मध्यको एक हो । फिल्ममा अक्षय् कुमार, यिलियाना डीक्रुज र इशा गुप्ताको मुख्य भूमिका रहेको छ । मर्डर मिष्ट्री फिल्मलाई टिनु शुरेस देशाईले निर्देशन गरेका हुन् । ‘रुस्तम’ भारतीय जलसेना अधिकृत केएम नानाभातिको बास्तविक कथामा आधारित छ ।

मोहेंजो दारो: ऋतिक रोशन स्टारर फिल्म एपिक, एडभेन्चर, रोमान्टिक ड्रामा हो । आशुतोष गोवारिकर निर्देशित फिल्ममा पुजा हेजे, कबिर बेदी र अरुनोदेय सिंहको मुख्य भूमिका रहेको छ ।

समिक्षक् र ब्यापारमा कमजोर मोहेंजो दारो : आज बाट प्रदर्शनमा आएका ‘रुस्तम’ र ‘मोहेंजो दारो’मा रुस्तमको अकुपेन्सी माथि रहेको छ । शुक्रबार ‘रुस्तम’ले ४० प्रतिशत अकुपेन्सी र ‘मोहेंजो दारो’ले २५ प्रतिशत अकुपेन्सी महशुस गरेका छन् । समिक्षकले पनि ‘रुस्तम’लाई औसत ३.५ को रेटिंग गरेका छन् भने ‘मोहेंजो दारो’लाई औसत २.० को रेटिंग रहेको छ । नेपाली फिल्म ‘जय पर्शुराम’को अकुपेन्सी रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्