धुर्मुस-सुन्तलीलाई पुष्पकमल दाहालको सहयोग, प्रधानमन्त्रिको पहिलो महिनाको तलब दिने घोषणा



रंग खबर, काठमाडौँ | प्रधानमन्त्रि पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस-सुन्तलीलाई सहायो गर्ने भएका छन् ।  गिराउन्चौर बस्ति निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनको काम तारिफयोग्य भएको बताउदै सहयोगमा नव निर्वाचित प्रधानमन्त्रिले हातेमालो गरेका हुन् ।

 prachanda_dhurmus-suntali-768x439
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । भूकम्पपछि धुर्मुस सुन्तलीले गरेको काम निकै प्रशंसनीय रहेको बताउदै,यसले देशभरि सकारात्मक सन्देश फैलाएको भन्दै आफु पनि यो कार्यमा संगै हुने बताए । भूकम्पपछि विपतमा परेकाहरुको उद्धारमा तथा जीवनरक्षा र वासस्थानको जोहोको लागी धुर्मुस सुन्तली सकृय छन् भने उनिहरुले बनाईरहेको गिरानचौक नमुना बस्ती पुर्निर्माणको लागी सहयोग जुट्ने क्रम पनि जारी छ ।
भेटमा प्रधानमन्त्री दाहालले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा रहेको उल्लेख गरे । प्रचण्डले आफू अहिले केह गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्