मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ले पहिलो दिन कति कमायो त ?



रंग खबर, काठमाडौँ | मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ले पहिलो दिन काठमाडौँका १५ पर्दामा राम्रो ब्यापार गरेको छ । जनैपुर्णिमाको बिदा खान बिहिबारनै रिलिज भएको ‘वीर विक्रम’ले सबै हलमा हाउसफुलको ब्यापार गरेको निर्माताले बताए ।

bir bikram  arpan

मिलन चाम्स निर्माण एवं निर्देशित फिल्मले पहिलो दिन १६ लाख ग्रस कलेक्सन गर्यो  । ‘चपली हाइट २’संग रिलिज भएको फिल्मको यो कलेक्सनलाई राम्रो भनिएको छ । प्रिमिएरमा राम्रो समिक्षा बटुलेको ‘वीर विक्रम’मा दयाहाङ राई, अर्पण थापा, नजिर हुसेन, अनुपबिक्रम शाही र दिया पुनको मुख्य भूमिका रहेको छ । ‘वीर विक्रम’ भोलि देखि मोफसलमा पनि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्