यसपालीको गाइजात्रामा धुर्मुस-सुन्तली नहुने, यस्ता छन् गाइजात्रेका कार्यक्रम



रंग खबर, काठमाडौँ | यसपालीको गाइजात्रा कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ नहुने भएका छन् । भुकम्पले क्षतिग्रस्त पारेको सिन्धुपाल्चोकको गिरान्चौर बस्ति निर्माणमा लागि परेको यो जोडीलाई यसपालीको गाइजात्रामा दर्शकले मिस गर्नेछन । दशैँ सम्ममा गिरान्चौर बस्ति निर्माण गरि जनतालाई वितरण गर्ने लक्ष्यका साथ अघि बढेको यो जोडी कार्य व्यस्तताका कारण गाइजात्रामा सहभागी हुन् नपाएको हो । बर्षमा एक पटक आउने गाइजात्रा कार्यक्रम हाँस्यकलाकारको प्रमुख चाड रुपमा हेरिन्छ ।

hqdefault-3

चर्चित हाँस्यटेलिसिरियल ‘मेरी बास्सै’का यो जोडी अभिनयका कारण दर्शकदिर्घामा सर्वाधिक लोकप्रिय छ । नेपाली टेलिसिरियल मन पराउनेका लागि लोकप्रिय धुर्मुस-सुतलीको जोडी पछिल्नो समय सामाजिक कार्यमा लागेपछि सबैको मन मस्तिस्कमा बस्न सफल भएको छ ।

dhurmus-suntali1

यसपालिका कार्यक्रम: आजबाट सुरु हुने  यसपालीको गाइजात्रामा कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरूले विविध सामाजिक र राजनीतिक विषयमा मनोरञ्जन पस्किनेछन् । कारोबार मिडियाले आयोजना गरेको कार्यक्रममा नेपाल टेलिभिजनमा हास्य टेलिशृंखलाहरूमा विभिन्न समय देखिँदै आएका कलाकारले हाँसोको वर्षा गराउनेछन् ।

कलाकार दीपकराज गिरीको ‘तीतो सत्य’ समूहले केपी ओली-प्रचण्ड दोहोरी र ‘अस्पताल बिरामी छ’ शीर्षकको प्रहसन प्रस्तुत गर्दै छ । प्रहसनमा स्वास्थ्य क्षेत्रको विकृतिमाथि व्यङ्ग्य गरिएको छ । यसपालिको गाईजात्रामा दस वर्षपछि जितु नेपाल र दमन रुपाखेतीको जोडी सँगै देखिनेछ । दुई वर्षअघिसम्म छुट्टै रूपमा ‘झ्याइँकुटी झ्याइँ गाईजात्रा’ कार्यक्रम गर्दै आएका दमन यसपटक तीते जिरे गाईजात्रामै मिसिएका हुन् ।

 

जितु र दमनले ‘मापसे’ प्रहसन मार्फत मापसेमा कसरी परिन्छ, कसरी छलिन्छ लगायतको विषयमा प्रस्तुति दिंदै छन् । यो प्रहसनमा शिवहरि वैरागी, हिमा कोइराला र निरज नेपालको पनि अभिनय रहेको छ | ‘जिरे खुर्सानी’ टेलिश्रृंखलामा ज्वाइँ र जेठान बनेर देखिने शिवहरि पौडेल र किरण केसीको समूहले भने मनोज आचार्य, सुरेन्द्र केसी, सविता गुरुङ लगायत कलाकारहरूको साथमा ‘म्यारिज ब्यूरो’ प्रहसन देखाउँदै छ ।

यसपटक हास्य कलाकार मनोज गजुरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बनेर मञ्चमा देखिँदै छन् । यथार्थमा संसदीय समितिले पटकपटक बोलाउँदा पनि विभिन्न बहानामा अनुपस्थित हुने लोकमान गाईजात्रे कार्यक्रममा भने समितिमा गएर सोधपुछमा सहभागी हुँदै छन् । कार्यक्रममा टीका भण्डारी र यमन श्रेष्ठले प्यारोडी गीत प्रस्तुत गर्दै छन् भने कवि शैलेन्द्र सिम्खडाले हास्यव्यङ्ग्य कविता वाचन गर्नेछन् । यस्तै, एउटी नृत्यांगनाको आइटम डान्स पनि हेर्न पाइनेछ । कार्यक्रम गायक तथा हास्यव्यंग्यकार राजा राजेन्ले सञ्चालन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्