दिपेन्द्र के खनालको निर्देशनमा ‘लभ लभ लभ बन्ने, सुरज र स्वस्तिमाले जोडी बाध्ने



रंग खबर, काठमाडौँ | पछिल्नो समय प्रदर्शनमा आएको ‘चपली हाइट २’का निर्देशक दिपेन्द्र के खनालले ‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । आइतबार फिल्मका बारेमा एक कार्यक्रमका बीच जानकारी दिइयो ।

14067459_1009980659115516_2777756762358389935_n

फिल्ममा होस्टेल रिटर्न्स अभिनेत्री स्वस्तिमा खड्का र नवनायक सुरज पाण्डेले डेब्यु गर्नेछन । भदौ ९ गतेबाट छायांकनमा उत्रिने फिल्ममा रमेश वुढाथोकी, देशभक्त खनाल, रुपा राना पनि मुख्य भूमिकामा रहनेछन । लभस्टोरी जनराको फिल्मको कथा निर्देशक स्वयम् ले लेखेका हुन् । फिल्ममा इमोशन हुनु पर्ने धारणा राख्ने दिपेन्द्रले ‘लभ लभ लभ’मा सानोसानो कुरामा पनि एमोशन रहने बताए ।

फिल्ममा अमृत पाण्डे र शर्मिला पाण्डेको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्