अक्षय कुमारको नयाँ बक्स अफिस रेकर्ड | हेर्नुस २५ बर्षे करियरका १०९ फिल्मको कलेक्सन



रंग खबर, काठमाडौँ | खेलाडी कुमारको नामले परिचित अक्षय कुमार बलिउडका सुपरस्टार मानिन्छन । अक्षय कुमारका धेरै फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्दैनन् । त्यैपनि अक्षयलाई लिएर फिल्म बनाउनेहरुको बलिउडमा लामै लर्को रहेको पाइन्छ । त्यसैले पनि अक्षयका बर्षमा सर्वाधिक फिल्म रिलिज हुने गर्छन । आमिर खान बलिउडमा अक्षय भन्दा पहिले आएका अभिनेता हुन् । २८ बर्षे लामो करियरमा आमिरले जम्मा ३९ वटा फिल्म खेलेका छन् । त्यस्तै सलमान खानले पनि २८ बर्षे करियरमा ७४ फिल्म खेलेका छन् । अनि साहरुख खानले आफ्नो २४ बर्षे करियरमा जम्मा ५७ फिल्म खेलेका छन् । तर अक्षय कुमारले आफ्नो २५ बर्षे करियरमा १०९ फिल्म खेलिसकेका छन् ।

Capture

भलै अन्य बर्ष अक्षयको नराम्रो गएपनि २०१६ भने अक्षयका लागि फलदायी रह्यो । यो साल रिलिज भएका ‘ऐरलिफ्ट’, ‘हाउस फुल ३’ र ‘रुस्तम’ले बक्स अफिसमा हंगामा मच्चाए । यी तीन फिल्मले ३५० करोड माथिको कलेक्सन गर्न सके । एकै बर्षमा सर्वाधिक १०० करोड क्लबमा फिल्म इन्ट्री गराउनेमा अक्षय कुमारले रेकर्ड बनाए । अहिले सम्म बलिउडमा कुनै पनि हिरोका ३ फिल्मले एकै बर्षमा १०० करोड माथिको ब्यापार गर्न सकेका छैनन् ।

Capture 2

उसो त लाइफटाइम अल फिल्मबाट ३००० करोड भन्दा बढी कमाउने रेकर्ड पनि अक्षय कुमारले नै राखेका छन् । अक्षय कुमारका सबै १०९ फिल्मको कलेक्सन ३०१० .४ करोड आउन पुग्छ । अहिले सम्म बलिउडका कुनै पनि अभिनेताका फिल्मले ३००० करोड कमाउन सकेका छैनन् । अक्षय कुमारका अहिले सम्म ६ फिल्म ‘हाउसफुल २’, ‘राउडी राठोर’, ‘होलिडे’, ‘हाउसफुल ३’, ‘ऐरलिफ्ट’, र ‘रुस्तम’ले १०० करोड भन्दा माथिको कलेक्सन गरेका छन् । ‘राउडी राठोर’ (१३४) करोड सर्वाधिक कमाउने फिल्म हो ।

3

अक्षयले १९९१ मा फिल्म ‘सुगन्ध’बाट बलिउडमा इन्ट्री गरेका थिए । तर अक्षयको पहिलो फिल्मले पनि माग्न पनि पाएको थिएन | अक्षयले लगातार १० फिल्म फ्लप दिएपछि बल्ल १९९४ मा प्रदर्शनमा आएको ‘एलान’बाट सफलताको स्वाद चाखेका थिए  ।त्यसपछी अक्षयका लगातार ५ फिल्म हिट भए । फेरी लगातार ९ फ्लप फिल्म पछी ‘सबसे बडा खेलाडी’ हिट बन्यो । बक्स अफिसमा उतारचढाउका बीच अक्षय कुमार अहिले सम्म छाइरहेका छन् ।

हेर्नुस अक्षयका अहिले सम्मका फिल्मको बक्स अफिस कलेक्सन:

akki

akki 2

 

 

akki 3

akki 4

akki 5

akki 6

akki 7

akki 8

akki 9

akki 10

 

प्रतिक्रिया दिनुहोस्