भने जस्तो ‘साया’ पात्र नभेटिएपछी ‘समर लभ’ अर्को साल बन्ने



सुरज पौडेल, रंग खबर | सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’को लागि प्रमुख पात्र ‘साया’ नभेटिएपछी यो बर्षको लागि फिल्मको थालनी स्थगित गरिएको छ । निर्देशक बिकाश आचार्यले आफ्नो फेसबुकमा स्टाटस राख्दै ”यो बर्ष हामी चलचित्र ” नीरान्जना ” मात्र निर्माण गर्दैछौं । समर लभको मुख्य पात्र साया नभेटिएकोले यस चलचित्रको निर्माण अर्को बर्ष हुनेछ ।” भन्दै ‘समर लभ’को कार्य स्थगित गरेका हुन् ।

Summer-Love-596x440

अब बिकाशले ‘निरान्जना’ निर्देशन गर्नेछन । बिकाशले ‘साया’ पात्रलाई निर्वाह गर्न सक्ने एक सुन्दर नेवारी युवतीको खोजि गरेका थिए । तर लामो समय देखि भने जस्तो ‘साया’ नभेटिएपछी अन्तत फिल्म स्थगित गर्न बाध्य भएका हुन् । सबै युवा पुस्ताको ढुकढुकी रहेको ‘समर लभ’ उपन्यासमा फिल्म बनाउन आफैमा पनि चुनौतीपूर्ण कार्य हो । ‘समर लभ’ अहिलेको सर्वाधिक चर्चित कृति भएकोले पनि फिल्म बनेपछिका त्रुटीहरु औल्याउने धेरै हुनेछन् ।

bikash acharya ranga khabar

दर्शकहरु ‘समर लभ’मा फिल्म बन्ने भएपछी एकदम उत्साहित छन् । त्यसैले दर्शक तृष्णा मेट्ने गरि फिल्म बनाउनु पर्ने हुदा निर्देशक आचार्यलाई चुनौतीपूर्ण अवश्य हुनेछ । उसो त बक्स अफिसमा सफल ठहरिएका बिकाशका फिल्ममा सबै भन्दा कमजोर पक्ष भनेको फिल्मका पात्रलाई गहिरो अभिनयमा डुबाउन सकिरहेका छैनन् । गीत संगीत र इमोसनल सम्बादले हलमा दर्शक टिकाउन सफल निर्देशकका फिल्ममा प्राय कलाकारको अभिनय फितलो देखिन्छ ।

बिकाश आचार्यले ‘नाइँ नभन्नु ल’, ‘नाइँ नभन्नु ल २’, ‘नाइँ नभन्नु ल ४’, ‘म तिम्रो भैसके’, ‘नासिब आफ्नो’ र ‘रिदम’ निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्