निखिल, अनुपविक्रम र बेनिशा स्टारर ‘किङ’को लिरिकल गीत सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ | निखिल उप्रेती, अनुपबिक्रम शाही र बेनिशा हमाल स्टारर ‘किङ’को लिरिकल गीत सार्वजनिक गरिएको छ । गीत ‘वनमा फुल्यो फुल’ गीतबाट सापटी लिएर भनाइएको छ । अंग्रेजी र नेपाली शब्दको समिश्रण रहेको गीतका लेखक सुजेन्द्र डि कार्की र विनोद ढकाल हुन् ।

king nikhil

युवापुस्तालाई लक्षित गीतमा सुजेन्द्र डि कार्कीको नै संगीत रहेको छ । सबिर श्रेष्ठ निर्देशित ‘किङ’ दशैंको छेको पारेर असोज २१ गते प्रदर्शन हुदैछ । फिल्ममा प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ पनि अभिनय रहेको छ ।

Capture

करोड भन्दा बढी लगानीमा तयार गरिएको ‘किङ’को टिजर केहि दिनमा सार्वजनिक गर्ने गर्ने निर्माण युनिटले बताएको छ ।

Capture २

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्