फ्राइडे रिलिजमा राजेश हमालको लेडी लुक्सको ‘शकुन्तला’



रंग खबर, काठमाडौँ | यो साता नेपाली फिल्म ‘शकुन्तला’ प्रदर्शनमा आएको छ । सोलो रिलिज भएको ‘शकुन्तला’मा राजेश हमाल महिला अवतारमा देखिएका छन् । आजबाट काठमाडौँमा रिलिज भएको ‘शकुन्तला’ उपत्यका बाहिर भने बिहिबारनै रिलिज भएको हो ।

shakuntala rangakhabar

अलनेपाल प्रदर्शनमा आएको ‘शकुन्तला’मा राजेश हमाल, किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लगाएतका कलाकारले अभिनय गरेका छन् । महेश्वर खत्रीको निर्माण रहेको फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

Rajesh-Hamal-in-Shakuntala-Movie-Official-Trailer-

राजेश हमाल पहिलो पटक एकदमै भिन्न गेटअपमा प्रस्तुत भएदेखिनै ‘शकुन्तला’ चर्चामा रहेको छ । सधै एकै खाले भूमिकामा देखिएका राजेश हमाललाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् त्यो आउदा दिनमा थाहा हुनेछ । ‘शकुन्तला’ले राजेश हमाल र निर्देशक दिनेश श्रेष्ठको करियरमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्