‘दबंग’मा फेरी सोनाक्षी | भनिन्– ‘काम नगर्ने हल्ला सत्य होइन’



रंग खबर, काठमाण्डौं । बलिउड अभिनेता सलमान खानको जोडी भएर अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’ र यसको सिक्वेल ‘दबंग–२’ मा काम गरेकी थिइन् । दुवै फिल्म बक्सअफिसमा हिट भएको थियो ।
sonakshi salmanअब यसको अर्को सिक्वेल ‘दबंग–३’ बन्ने भएको छ । यो फिल्ममा पनि सलमानको जोडी भएर सोनाक्षीले नै काम गर्ने चर्चा चलिरहेको थियो । जसलाई निर्माण युनिटनिकट स्रोतले पुष्टि गरेको थियो। तर, केही अनलाईन तथा टेलिभिजनले सिक्वेलमा सोनाक्षीको नाम चट भएको समाचार बाहिर ल्याएका थिए।

गत साता सोनाक्षीले यस्तो हल्लामा सत्यता नभएको बताएपछि हल्ला पुनः मत्थर भएको छ । गत साता एउटा अन्तर्वार्तामा ‘दबंग–३’ मा तपाईंले काम नगर्ने हल्ला सत्य हो ? भनी सोध्दा सोनाक्षीले छोटो जवाफ दिइन्, ‘होइन ।’ (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्