यस्तो छ ‘द फेमस’को ‘गाजलु ती आँखा’ (भिडियो)



रंग खबर, काठमाण्डौं । संचारकर्मी समिर बलामी निर्देशित फिल्म ‘द फेमस’को ‘गाजलु ती आँखा’ बोलको गीत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द, सन्तोष प्रगाढको संगीत रहेको गीतमा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । यो फिल्मका सम्पुर्ण गीतहरु एनिमेशन गरेर तयार पारिएको निर्देशक बलामीले बताए । ‘नेपालमा सबै गीत एनिमेशन गरिएको यो पहिलो फिल्म हो,’ उनको दाबी छ । फिल्मका सबै गीतहरु तयार पार्न १८ महिना लागेको उनको भनाईं छ ।
the famous‘गाजलु ती आँखा’ बोलको गीतमा सविना कार्की, सुरभी जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले कोरियोग्राफी गरेका हुन् ।

यो फिल्ममा प्रमोद खड्का, सुरभी जैन विष्ट, सोनिया जिआर आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मका सबै गीतलाई मधुकर बलामीले भिएफएक्स÷एनिमेशन गरेका हुन् ।

फिल्मका चार गीत समावेश रहेको निर्देशक बलामीले बताए । प्रेम कथामा आधारित भनिएको यो फिल्म कात्र्तिक १९ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्