‘राधा’को नयाँ गीत ‘आँखैलाई के दोष’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । तिहारको छेको पारेर प्रर्दशनको तयारीमा रहेको फिल्म ‘राधा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘आँखैलाई के दोष’ बोलको गीतमा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ ।
radhaaवसन्त सापकोटोको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार जीवन लुईटेल र संचिता लुईटेल देखिएका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा हिमाल केसीको एक्सन, मानकृष्ण महर्जनको छायांकन र प्रदिप भारद्धाजको लेखन रहेको छ । फिल्ममा अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ ।

यसअघि सार्वजनिक भएको फिल्मको ‘छपक्कै’ बोलको गीतलाई दर्शकले रुचाइरहेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्