पहिलो नेपाली महिला निर्देशकले पहिलो पटक हिन्दी फिल्म ‘चक्र’ निर्देशन गर्ने



रंग खबर, काठमाडौँ | पहिलो नेपाली महिला निर्देशक सुचित्रा श्रेष्ठले पहिलो पटक हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन । राजधानीमा आयोजित एक कार्यक्रमका बीच हिन्दी फिल्म ‘चक्र’को बारेमा जानकारी दिइयो ।

suchitra rangakhabar.com

निर्देशक समाजकी वर्तमान अध्यक्ष सुचित्रा लामो समयको अन्तराल पछी निर्देशनमा पुनरागमन गर्न लागेकी हुन् । नेपालमा २५ प्रतिशत र भारतमा ७५ प्रतिशत छायांकन गरिने भनिएको फिल्ममा नेपाल र भारतका कलाकार र प्राबिधिक रहने बताइएको छ । १२ करोड भारतीय रकममा बन्न लागेको फिल्ममा निर्देशक सुचित्रालाई पनि निर्मात्रीको रुपमा अगाडी ल्याइएको छ ।

chakra hindi movie rangakhabar.com

फिल्म ‘चक्र’को बारेमा करिब पाँच बर्षसम्म निर्माता अनवर राज र कथा लेखक शशि कुमारसँग कुराकानी भएको र अहिले आएर फिल्मको कार्य सुरु गर्न सकिएको बताउदै फिल्म आगामी लक्ष्मीपुजाका दिन शुभमुर्हत गरेर फ्लोरमा जाने बताइन । फिल्ममा सुचित्रा संगै राजेश राजले पनि निर्देशनमा सहकार्य गर्नेछन ।

IMG_0957

प्रतिक्रिया दिनुहोस्