रेखालाई खलपात्रमा उतार्दै छुल्ठिमले घोषणा गरिन ‘डायरी’



रंग खबर, काठमाडौँ | ‘नोभेम्बर रेन’ डेब्यु अभिनेत्री छुल्ठिम गुरुङले ‘डायरी’ नामक फिल्म बनाउने भएकी छिन ।आफ्नो करियरको दोस्रो फिल्ममै निर्माणमा हात हालेकी छुल्ठिमलाई ‘डायरी’का निर्देशक अनिल योन्जनले पनि निर्माणमा सघाउने छन् । प्रेमकथामा आधिरितको ‘डायरी’को काठमाडौँ स्थित मण्डला थ्रेटरमा औपचारिक घोषणा गरियो ।

chhulthim rangakhabar.com

फिल्ममा रेखा थापालाई खलपात्रको रुपमा देख्न पाइने फिल्म युनिटले बताएको छ । भदौ २६ देखि छायांकनमा उत्रिने फिल्मलाई काठमाडौँ, सिमरा र विरगंजमा छायांकन गरिनेछ । फिल्ममा रेखा संगै छुल्ठिम गुरुङ, सनी सिंह, राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपा राणा, पेटर तामाङ र विनोद पौडेलको अभिनय रहनेछ ।

diarry rangakhabar.com

‘डायरी’मा संगीत स्वप्निल शर्मा, इमान बिक्रम शाह र मनशराजको हुनेछ, भने फिल्मका गीतमा सुगम पोखरेल, रजिना रिमाल, स्वप्निल शर्मा र मनश राजको स्वर रहनेछ । छेतन गुरुङको लेखन रहेको ‘डायरी’का सम्पादक प्रविन श्रेष्ठ हुन् । फिल्मकी प्रमुख पात्र रेखा कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित थिइनन् 

IMG_1038

 

प्रतिक्रिया दिनुहोस्