‘सायद २’को अफिसियल रिलिज डेट सार्वजनिक (हेर्नुस टिजर)



रंग खबर, काठमाडौँ । दुर्गिश फिल्मसको चौथों प्रोजेक्ट ‘सायद २’को रिलिज डेट सार्वजनिक भएको छ । हिमाल पारीको जिल्ला उपल्लो मनाङमा फिल्मको गीत छायांकन भैरहदा ‘सायद २’की निर्मात्री दुर्गिश थापाले फिल्मको अफिसियल रिलिज मिति चैत ११ लाई सार्वजनिक गरेकी हुन् ।

14100240_1255797191121112_5376855655900607386_n

मङ्सिरमा फिल्म रिलिज गर्ने योजना बनाएको ‘सायद २’ युनिटले फिल्मको कार्य समयमा नै पुरा गर्न नसकेपछि चैत ११लाई उपयुक्त मिति ठानेको हो । सुनिल रावल, इश्वर श्रेष्ठ, सुभाष लामिछाने प्रोड्युसर रहेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । यसअघि दुर्गिश फिल्मसले ‘सायद’,’होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ हिट दिइसकेको छ ।

फिल्ममा केहि कलाकार ‘होस्टेल रिटन्र्स’का दोहोरिएका छन्, भने केहि नयाँ रहेका छन्। फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमित ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्दीलाल मगरको अभिनय रहेको छ ।

फिल्ममा द्वन्द अष्ट महर्जनको र कोरियोग्राफी गोविन्द राई र विक्रम सवारको रहेको छ ।

Watch Here Teaser:-

 

प्रतिक्रिया दिनुहोस्