अनु शाहसँग विनोदको ‘छुटी जाने माया’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । गायक बुद्ध श्रेष्ठको ‘छुटी जाने माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई सुरेश थापाले लेखेका हुन् भने संगीत गायक स्वयम्कै छ ।
chuti jane mayaफिरोज आचार्यको म्युजिक एरेन्ज रहेको गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् । अधिकांश म्युजिक भिडियोमा नेगेटिभ भुमिका निर्वाह गर्ने विनोद पौड्याल यो गीतमा अभिनेत्री अनु शाहको प्रेमि बनेका छन् । उनीहरु दुईको विचमा किरात बाधक बनेर आइपुग्छन् । अनुलाई किरातले एकतर्फी माया गर्दा निम्तने परिणाम भिडियोमा देख्न सकिन्छ । गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

हेर्नुस् गीत :

प्रतिक्रिया दिनुहोस्