बिग बजेटको ‘एम.एस धोनी’लाई बक्स अफिसमा राम्रो सुरुवात



रंग खबर, काठमाडौँ |‘एम.एस धोनी द अनटोल्ड स्टोरी’ पहिलो दीन भारतमा सोचे अनुरुपको राम्रो ब्यापार गरेको छ । क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक ड्रामाले पहिलो दीन २३ करोडको कारोबारो गरेको भारतीय मिडियाहरुले लेखेका छन् । यो कमाइ यो सालको शाहरुख खान स्टारर ‘फ्यान’को भन्दा धेरै हो ।

4730_MS-Dhoni-The-untold-story

सुशान्त सिंह राजपुतको मुख्य भूमिका रहेको फिल्मको कुल बजेट १०४ करोड हो । ८८ करोडको बजेटमा निर्मित फिल्मलाई प्रचार प्रसारमा १६ करोड खर्चिएको थियो । धोनीको बायोपिकले स्याटेलाइट राइटका लागि स्टार इंडियाबाट ३८ करोड, स्पोन्सरसिपबाट १५ करोड, म्युजिक राइटबाट ८ करोड र ओभरसिजबाट १४ करोड उठाईसकेको छ ।

निरज पाण्डे निर्देशित फिल्ममा अनुपम खेर, किएरा अदभानी, डीशा पतानीको मुख्य भूमिका रहेको छ । फिल्मको क्रिटिकल रिभ्यु राम्रो रहेकोले आगामी दीनमा राम्रो पिकअप लिने विश्वाश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्