दिपिकाको यस्तो लूक्स, जसले तताईरहेको छ मिडिया



रंग खबर, काठमाडौँ । फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा इन्ट्री मारेकी दिपिका पादुकोण अहिलेकी चर्चित अभिनेत्री हुन् । बक्सअफिसमा धमाल मच्चाईसकेकी दिपिकाले हलिउड प्रोजेक्टमा पनि काम गरिसकेकी छिन । हट एण्ड ब्युटिफुल यी अभिनेत्री पछिल्लो समय अभिनयमा पनि खारिदै गएकी छिन ।

Deepika-Padukone-deepika-padukone-34529867-1920-1200

अब दिपिकाको सुन्दरता संगै उनको अभिनय पनि बोल्न थालेको छ । पछिल्लो पटक पिकु, बाजिराव मस्तानी, फाइनडीङ फ्यानी जस्ता फिल्ममा काम गरेर कुसल कलाकारको छबि देखाइसकेकी छिन ।

यस्तैमा पछिल्लो समय दिपिका एक भिन्न लूक्समा काम गरिरहेको फिल्मको तस्बिरले अहिले संचार माध्यम तातेका छन् । जहाँ दिपिका धोबीघाटमा धोबीको लूक्समा देखा परेकी छिन । जसले गर्दा दिपिकाले चौतफी चर्चा कमाइ रहेकी छिन । नाम सार्वजनिक नभएको फिल्मलाई माजिद मजिदीले बनाइरहेका छन् । २०१७ को अन्त्य तिर प्रदर्शनमा आउने फिल्म दिपिकाको लूक्स बाहिरिय संगै प्रतिक्षित बनेको छ ।

1478772941-8003

1478772991-9593

1478773028-8374

प्रतिक्रिया दिनुहोस्