दिपाश्रीको ‘६क्कापञ्जा’ युएईका हलहरुमा पनि हाउसफुल (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । स्वदेशी हलमा उत्साहजनक सफलता पाएको फिल्म ‘६क्कापञ्जा’ सँयुक्त अरब इमिरेट्स (युएई)का हलहरुमा पनि हाउसफुल भएको खबर प्राप्त भएको छ । नेपाली फिल्मलाई मध्य पुर्वी देशहरुमा वैधानिक रुपमै प्रर्दशनको व्यवस्था मिलाएको कन्सेप्ट भिजन एण्ड डिष्ट्रब्युटर्स नेपालले यतिवेला युएईमा फिल्म प्रदर्शन गरिरहेको हो ।
chakka panjaनोभेम्बर १० तारिखदेखि युएईका दुबाई , अबुधाबी ,फुजेराह , रसअलखेमा , अलऐन, अजमान , अलकोज लगायत ९ वटा शहरहरुमा ‘६क्कापञ्जा’ प्रर्दशन भइरहेको कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी (अनिस) ले जानकारी दिए । ‘अहिलेसम्मका अधिकांश शो हाउसफुल भइरहेका छन्,’ उनले भने, ‘दर्शकको प्रतिक्रिया पनि पोजिटिभ छ । नेपालीमात्र नभएर अरबी दर्शकहरु पनि फिल्म हेर्न आएको पाइयो ।’ आईतवार पनि दुबईमा एउटा र अबुधाबीमा दुईटा शो भएको र दर्शकको उपस्थितीले हल खचाखच भएको युएईमा कार्यरत नेपाली पत्रकार त्रिलोचन कोइरालाले जानकारी दिए । फिल्म युएईमा दुई सातासम्म प्रर्दशन हुने कन्सेप्ट भिजनले जनाएको छ ।

हास्य अभिनेत्री दिपाश्री निरौलाको पहिलो निर्देशकिय फिल्म ‘६क्कापञ्जा’को विदेशी प्रतिक्रियाबाट उनी उत्साहित छिन् । भन्छिन्, ‘नेपालमा मात्र नभएर विदेशमा पनि फिल्मको राम्रो प्रतिक्रियाले उत्साहित छुँ । युएईको खबरले विदेशमा पनि नेपाली फिल्मको बजार रहेछ भन्ने म्यासेज पनि दिएको छ ।’ हास्यप्रधान यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत आदि कलाकारको अभिनय रहेको छ ।

युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजनले गत अक्टोबर १४ देखि युएई लगायत मध्य पुर्वी देशमा नेपाली फिल्म प्रर्दशनको अनुमति लिएको थियो । कन्सेप्ट भिजनका सालिक सुबेदी , राजन अधिकारी र सुबाश सिंह ठकुरीको पहलमा यो प्रर्दशनको वातावरण बनेको हो । बैधानिक सम्झौतापछि पहिलोपल्ट त्यहाँ ‘वीर विक्रम’ फिल्म प्रर्दशन गरिएको थियो ।
Watch Video Here :-

 

 

प्रतिक्रिया दिनुहोस्