एकादेशमा शर्ट फिल्म फेस्टिभल समापन: ‘दद्या’ र ‘छायाँ’ उत्कृष्ट



रंग खबर, काठमाडौँ । एकादेशमा फिल्म फेस्टिभलको चौंथो संस्करण सकिएको छ । नोभेम्बर ११ देखि १३ तारिख सम्म काठमाडौँ स्थित कुमारी हल सम्पन्न भएको फेस्टिभलमा विश्वका ८० फिल्म प्रदर्शन भएका थिए ।

Capture

तीन दिन सम्म चलेको फेस्टिभलमा नेपालको ‘दाद्या’ चेंजिङ पर्सपेक्टिभ विधामा उत्कृष्ट बन्दा युके/इंडियाको प्रतिनिधित्व गरेको ‘छायाँ’ले फ्युचर अफ सिनेमा विधामा उत्कृष्ट ठहरियो ।

ekadeshma-mm2

पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘दद्या’ले जुम्ला जिल्लाको बिकट गाउँमा बसोबास गर्ने सबै गाउँले र आफन्तले छोडेर गैसकेपछी एक जोडी बुढा-बुढीले आफ्ना सन्तानको भोक कसरि कृतिम मान्छेबाट पुरा गर्छन, त्यो कुरा फिल्ममा उत्कृष्ट ढंगबाट देखाइएको छ । ‘दद्या’ शो हेर्न नेपाली सेलेब्रेटी पनि हल सम्म पुगेका थिए ।

ekadeshma-mm3

त्यस्तै देबंजन नन्दी निर्देशित ‘छायाँ’मा एक मरिसकेकी पत्नीको वियोगमा छटपटीएको एक वृद्धले बत्तिको उज्यालोमा देखिएको छायाँमा आफ्नो पत्नीको माया महसुश गर्ने गरेको कुरालाइ मनोवैज्ञानिक ढंगबाट प्रस्तुत गरिएको छ । एनिमेटेड फिल्म ‘छायाँ’ दर्शकले अत्याधिक रुचाएका थिए ।

ekadeshma-mm4

त्यस्तै अडियन्स च्वाइसको अवार्ड नेदरल्याण्डसको ‘होल्ड अन’ले जित्न सफल भयो । फिल्मलाइ चार्लोट स्कट-विसनले निर्देशन गरेका हुन् ।

ekadeshma-mm7

त्यस्तै स्पेसल मेन्सनको अवार्ड नेपालको सुनिल पाण्डेको निर्देशन रहेको ‘अनन्त यात्रा’, कोलम्बियाको सिमोन मेसा सोटो निर्देशित ‘माद्रे’ र जर्मनीको पत्रिक भोल्रथ निर्देशित ‘एभ्रिथिङ विल बि ओके’ले जित्न सफल भए ।

ekadeshma-mm5 ekadeshma-mm6

 

प्रतिक्रिया दिनुहोस्