भन्सालीको फिल्म ‘पद्मावती’मा यस्तो हुनेछ दिपिकाको लुक्स



रंग खबर, काठमाडौँ | संजयलिला भन्सालीको आगामी फिल्म ‘पद्मावती’ छायांकनमा उत्रिसकेको छ । निकै गोप्य ढंगबाट छायांकन गरिरहेको ‘पद्मावती’को सेटका कुनै पनि तस्बिर बाहिर आउन दिइएको छैन ।

16-1479280033-2

तर फिल्मको कास्टिंङ डाइरेक्टरले ‘पद्मावती’को लागि दिपिकाको लुक्सको स्केच सार्वजनिक गरिदिएका छन् । सामाजिक संजालमा सार्वजनिक गरेको स्केचमा दिपिका राज खानदानको महिला लुक्समा देखिएकी छिन ।

पहिले देखि नै भन्सालीको फिल्ममा दिपिकाको लुक्स कस्तो होला भन्ने कौतुहलताको बिषय रहेको थियो । दिपिकाको यस्तो लुक्स बाहिरिय संगै दिपिकाको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्