आखिर के कारण लगातार ७ दिन सम्म धाइरहे पुष्पल ?



रंग खबर, काठमाडौँ | मोडलिङको दुनियामा चर्चित नाम हो पुष्पल खड्का । दर्जनौं म्युजिक भिडियोमा काम गरेर चर्चा कमाइसकेका यी सुन्दर मोडेलले फिल्मको दुनियामा पनि पाइला चालिसकेका छन् ।

12079161_756836074444093_1258696377129085589_n

                                                       फोटो: पुष्पल खड्काको फेसबुक प्रोफाइलबाट 

सुदुरपश्चिमेली पुष्पल खड्काले फिल्म ‘अझै पनि’बाट सह-अभिनेताको रुपमा फिल्म क्षेत्रमा पाइला टेकेका हुन् । तर ‘दर्पण छायाँ २’लाई डेब्यु मान्ने पुष्पल खड्काले ‘दर्पण छायाँ २ खेल्नु भन्दा पहिलेको कुरा स्मरण गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा गफिदै फिल्मका निर्देशक तुलसी घिमिरेले पुष्पललाई फिल्ममा अनुबन्ध गर्दा लगातार आफु कहाँ ७ दिन सम्म बोलाएर पुष्पल कति माथिसम्म पुग्दो रैछ भन्ने कुरा पत्ता लगाएर अनुबन्धित गरेको कुरा मिडिया सामु पोखे ।

darpan chhayan 2

यो कुरा मज्जाले सुनिरहेका पुष्पलको जब बोल्ने पालो आयो तब निर्देशकको कुरामा सहमति जनाउदै ‘दर्पण छायाँ’ जस्तो ब्राण्डको फिल्म खेल्न पाउनु आफैमा पनि भाग्यको कुरा भएको र आफुले केहि पनि नसोचेर फिल्म साइन गरेको बताए ।

ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’मा निरुता सिंह, दिलिप राइमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहेको थियो । ‘दर्पण छायाँ २’ पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहेको छ । फिल्म फागुन २७ मा अलनेपाल प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्