फिल्म सफल होस् या असफल, अब निर्देशनमै जम्ने हो: झरना थापा (रंगवार्ता)



रंग खबर, काठमाडौँ । अभिनेत्री झरना थापा ‘ए मेरो हजुर २’बाट निर्देशकको रुपमा फिल्ममा आउदैछिन । दर्जनौ हिट फिल्ममा अभिनय गरेकी झरना थापालाई कुशल अभिनेत्रीको रुपमा पनि चिनिन्छ । निर्माता सुनिलकुमार थापासंग बैबाहिक जीवन बसालेकी झरनाकी एक छोरी पनि छिन । झरना थापाको डेब्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ यहि चैत १८ मा अलनेपाल प्रदर्शन हुदैछ ।

1392099_647140148641284_688007002_n

तस्बिर: झरना थापाको फेसबुक प्रोफाइलबाट 

पछिल्लो समय झरनाले लगभग अभिनयबाट हात झिकिसकेकी छिन । लामो समय भैसकेको छ , झरनालाई फिल्ममा देख्न नपाएको । धरै पछी निर्देशककै रुपमा भएपनि फिल्ममा आउन लागेकी झरना थापासंग रंगखबर रिपोर्टर गणेश वलीले गरेको रंगवार्ता :

१) निर्देशन र अभिनयमा कुन सहज ? र किन ?

अभिनय धेरै सजिलो । अभिनय गर्दा आफ्नो एउटा अभिनयको ट्याकमा मात्र हिडे पुग्ने । तर निर्देशनमा त टिमको एउटा क्याप्टेन भैसके पछी सबै तिर ध्यान दिनुपर्ने । सबैले खायो की खाएन, कता छायांकन गर्ने, स्पट कस्तो हुने हो, समयमा खायो की खाएन, अभिनय कस्तो गरिदिने हो । लगाएत हरेक कुराको ध्यान दिनुपर्ने, त्यसैले मेरो लागि त अभिनय एकदमै सजिलो ।

२) अभिनयबाट हात झिक्नुभएको हो या विश्राम लिनुभएको ?

होइन होइन मैले अभिनयबाट विश्राम पनि लिएको होइन, हात पनि झिकेको होइन । म त अभिनयबाट हात झिक्ने कुरो कहिले पनि सोच्न सक्दिन । जसरि भएपनि अभिनयलाई कन्टिन्यु गर्न चाहन्छु ।

३) पहिले जस्तो फिल्ममा नदेखिनुको कारण चाहिँ ?

अब पहिले जस्तो मसंग धेरै फिल्म हुन्छ, मलाई लिडएक्टरमा अफर आउछ भनेर म सोच्न पनि सक्दिन । किन भने हरेक कुराको समयसिमा हुन्छ, त्यसैले अब म आफैले पनि सोच्ने बेला भैसकेको छ, की मैले आफ्नो ट्याक चेन्ज गर्न पर्छ ।त्यसैले यो फिल्मक्षेत्रमा भैरहन मैले निर्देशन र मुभीमेकरको रुपमा छाउने प्रयास गर्दैछु ।

४) पहिलेको स्टारडमलाई सम्झिदा कस्तो महसुस गर्नुहुन्छ ?

हैन पहिलेको न अहिलेको स्टारडम त पहिले पनि थियो अहिले पनि छ । पहिलेकै स्टारडमले मलाई अहिले सम्म जमाईरहेको छ । अहिले पनि बाटोमा हिड्दा ए उ झरना थापा भनेर चिन्नुहुने धेरै हुनुहुन्छ । पहिले धेरै फिल्म खेले त्यहि कारण अहिलेसम्म दर्शकले सम्झीरहनु भएको छ ।

14184385_1194351333920160_1575551362918363624_n

५) अभिनेत्री भएर फिल्ममा छाउदाका पलहरु कत्तिको याद आउछन ?

अ आउछन, धेरै याद आउछन । ति मैले गरेका काम, लोकेशन, मित्रता, साथीभाइलाई सम्झिदा खुसि लाग्छ, रमाइलो लाग्छ ।र ति यादहरुलाई मात्र सम्झेर बसीरहन नपरोस भनेरनै म निर्देशनको माध्यमबाट यो क्षेत्रमा आइरहेको छु ।

६) ‘ए मेरो हजुर २’ निर्देशन गर्नुभयो | के तपाइँको निर्देशनले ‘ए मेरो हजुर’को लोकप्रियतालाई बचाइराख्न सक्छ ?

एकदमै सक्छ । जुन किसिमको ‘ए मेरो हजुर’को ब्राण्डभ्यालु थियो, त्यसलाई बचाईराख्नलाईनै राम्रो टिम लिएको छु, राम्रो लोकेशन लिएको छु, राम्रो टेक्निसियन लिएको छु की मलाई ‘ए मेरो हजुर’को लोकप्रियतामाथि ब्लेम नआओस भनेर सबै राम्रै गरेको छु ।

७) कत्तिको आशावादी हुनहुन्छ फिल्मबाट ?

सतप्रतिशत आशावादी छु । किनकि मैले राम्रो काम गर्ने कोशिस गरेको छु । सबैतिरबाट राम्रो भएकोले एकदम आशावादी छु ।

८) होमप्रोडक्सनको फिल्म निर्देशन गर्नुभन्दा पहिले बाहिरबाट निर्देशनको लागि अफर आयो की नाइँ ?

आएको थियो । बाहिरबाट पनि आएको थियो, तर होमप्रोडक्सनबाट निर्देशनमा आउदा सजिलो हुने भएकोले बाहिरको फिल्म नगरेको हो ।

९) अब निर्देशनलाईनै अगाडी बढाउने सोचमा हुनुहुन्छ की एकपटकलाई मात्र प्रयास गर्नुभएको ?

होइन होइन एकपटकलाई मात्र होइन, अब निर्देशनबाटनै अगाडी बढ्न चाहन्छु । चाहे सफल होस् या असफल । पाइला चालिसके अब यसैमा उभिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्