नयाँ चलचित्र निर्माता संघको प्रतिबद्धता: ६ महिना भित्र बक्सअफिस लागु गरेर देखाउछौ |



रंग खबर, काठमाडौँ | नयाँ निर्वाचित चलचित्र निर्माता संघ नेपालले बढीमा ६ महिना भित्र बक्सअफिस सिस्टम लागु गरेर देखाउने प्रतिबद्धता दिएको छ ।

nirmata sangh 2

आज राजधानीमा आयोजित प्रेसमिटमा बोल्दै संघका अध्यक्ष नवल खड्काले पुरानो चलचित्र निर्माता संघ जस्तो बोल्ने मात्र नभएर, काम गरेर देखाउने भन्दै बढीमा ६ महिना भित्र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । हामि त्यसका लागि संचारमन्त्री, सरकार जहाँ गुहार्न पनि तयार छौ । यदि सहयोग नमिलेको खण्डमा आफ्नै प्रयासमा जसरि भएपनि ६ महिना भित्र बक्सअफिस सिस्टम लागु गरेर फिल्म निर्माता र फिल्म क्षेत्रको समग्र हित हुने काम गर्छौ ।

nirmata sangh

साथै पहिले खुलेको चलचित्र निर्माता संघले भवन निर्माणको २३ लाख ८३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै त्यसको हिसाब जसरि पनि निकाल्ने प्रतिबद्धता व्यक्त गरे । पुरानो निर्माता संघले गएको ७ बर्षमा कुनै पनि सिन्का नभाचेको र फिल्म क्षेत्रलाई उन्नति तर्फ भन्दा पनि दुर्गति तर्फ डोर्याएको आरोप लगाए ।

यस्तो छ निर्माता संघको प्रेस बिज्ञप्ति:

press

प्रतिक्रिया दिनुहोस्