सुपरस्टार अक्षय, सलमान र करण जोहर एकै फिल्ममा काम गर्ने



रंग खबर, काठमाडौँ | बलिउड  फिल्मका सुपरस्टारहरु एकै फिल्ममा देखिने भएका छन् । २०१६ मा अक्षयका तिन फिल्म बक्सअफिसमा हिट भए । त्यस्तै सलमानको ‘सुल्तान’ सुपरहिट । निर्माता करण जोहरको ‘ए दिल हे मुस्किल’ पनि बिग फिल्मसंगको प्रतिस्पर्धाका बाबजुत बक्सअफिसमा हिट भयो । जसमा करण जोहरको स्टारडमले काम गरेको देखियो ।

salman-akshay-karan-johar-02-1483379882

अक्षयले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफु सहित सलमान र करण जोहर एकै फिल्ममा जोडिन लागेको कुरा व्यक्त गरेका छन् । अक्षयका अनुसार २०१७ मा सुटिंग हुने अनटाइटल प्रोजेक्टमा सलमान र करण निर्माताका रुपमा देखा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्