पत्रकार सुब्बा म्युजिक भिडियो निर्देशनमा |दिक्पाल र निशालाई गराए अभिनय



 रंग खबर, काठमाडौं । डाँडा । बिहानैदेखि सिरसिर्र हावाको झोकासँगै घामको मधुर प्रकाशले वातावरणमा मधुरता थियो । राजधानी नजिकको रमणीय स्थल अनि सुनसान र मधुर त्यो वातावरणमा गुञ्जिँदैथियो, ‘ए, साइँला पहिले जस्तो हुँदैन भेट’ । जसले त्यहाँको वातावरणलाई झिस्काइरहेको आभाष हुन्थ्यो । जहाँ एक प्रेमिल जोडीको भेट हुन्छ, त्यही गुञ्जायस ‘ए, साइँला…’ गीतमार्फत ।

यो प्रशंग म्युजिक भिडियोको छायांकनको हो । चैते महिना भएपनि केही दिनयता मौसममा देखिएको प्रतिकुलताले गर्दा मनभरी अनेक आशंका लिँदै म्युजिक भिडियो शुटका लागि एकहुल मंगलबार बिहानै रामकोटतिर हानिए । तर, भाग्यवस मौसमले साथ दिएपछि निर्धारित समयमै म्युजिक भिडियो छायांकन सकाएर त्यो हुल युद्ध नै जितेसरी खुसीका साथ साँझ फर्केका थिए ।
music videoहो, एक दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिला राईको ‘ए, साइँला…’ बोल गीतको भिडियो मंगलबार रामकोटको डाँडापाखा र गाउँघरमा गरिएको छ । गीतको भावनाअनुसार उक्त गीतको छायांकन रामकोटको डाँडापाखामा गरिएको बताइएको छ । गाउँघरमै बस्दै आएकी साइँलीले प्रदेसिएका आफ्ना साइँला अर्थात प्रेमीलाई सम्झनाको तरेलीभरी बिसाएको भाव ‘ए, साइँला’ गीतले पोखेको छ । त्यसैले पनि उक्त गीतको छायांकन गर्न रामकोटको डाँडा खोज्दै युनिट त्यहाँ पुगेको हो ।

भिडियोमा साइलीको भूमिका मोडल तथा अभिनेत्री निशा पोमु लिम्बूले गरेकी छन् भने मोडल दिक्पाल कार्की प्रदेसिएका साइँला । उक्त भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका छन् भने छायांकन तथा कन्सेप्ट डिजाइन फोटो पत्रकार नविनबाबु गुरुङको रहेको छ । भिडियोमा अन्तरजातीय प्रेमभाव झल्किनेछ । मोडल निशा र दिक्पालले गीतको भावना अनुसार शसक्त अभिनय गरेका छन् । दर्जनौ म्युजिक भिडियो र केही नेपाली चलचित्रमा अभिनय गरिसकेकी निशाले ‘ए, साइला…’ गीतमा आफ्नो नृत्य पारंगत पनि राम्रै देखाएकी छन् । त्यस्तै, दिक्पालले पनि राम्रै अभिनय गरेका छन् किनकि दिक्पाल आफै एक कुसल मोडल तथा अभिनेता पनि हुन् । निशा र दिक्पाललाई सुन्दर बनाउने काम भने ‘मिस ब्युटिसियन नेपाल’ समेत रहेकी ब्युटिसियन गौरा राईले गरेकी थिइन् ।
video 2‘ए, साइँला…’मा अभिनय गरेपछि निशाले भनिन्, ‘यो भिडियोबाट मैले धेरै आशा गरेकी छु ।’ दिक्पालले पनि निशालगायतका टिमसँग काम गर्ने अवुसर पाउँदा आफूलाई खुसी लागेको सुनाए ।

हेमकुमार राईको शब्दरचना तथा डक्टर किरातको संगीत रहेको ‘ए, साइँला…’ गायिका अनिलाको पछिल्लो आधुनिक गीति एल्बम ‘स्वरांकन’ मा समावेश गीत हो । यसअघि उक्त एल्बमका चार भिडियो रिलिज भइसकेका छन् । र, यो पछिल्लो समय छायांकन गरिएको ‘ए, साइँला’ गीतको भिडियो पनि केही दिनमै सार्वजनिक हुने गायिका अनिलाले बताइन् ।
केही दिनअघि मात्र आफ्नो एक लोक गीतको भिडियो रिलिज गरेकी अनिलाले भनिन्, ‘यो गीतको भिडियोबाट धेरै आशा लिएको छु, जसले दर्शकको माया र साथ दिलाओस् ।’

प्रतिक्रिया दिनुहोस्