विदेशमा तन, नेपालमा मन  मोडलिङमा राजको आगमन ( फोटोफिचर )



रंग खबर। पछिल्लो समय अस्ट्रेलिया म्युजीक भिडीयो तथा चलचित्र क्षेत्रको लागि दोस्रो नेपाल भएको छ । निर्माण ,निर्देशन संगै अभिनयमा समेत निकै सक्रिय देखिन्छन् अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु । यस्तैमा आकर्षक जिउडाल र अनुहार भएका राज केसी पछिलो समय अभिनयमा देखिएका छन् ।

पोखरामा जन्मिएर हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका उनि झट्ट हेर्दा बलिउड फेसका देखिन्छन् । केहि म्युजीक भिडीयो ,विज्ञापन संगै भिजेको रुपमा समेत काम गरिसकेका केसीको योजना भने ठुलो पर्दा तिर छ ।

बिशेस गरेर केहि फरक काम गर्न रुचाउने उनले केहि समय अघि सर्ट मुभी ‘समय’मा अभिनय गरेका थिए । करिब १ बर्ष देखि अभिनयमा लागिरहेका राजको भनाईमा अभिनय एक कला हो ।

कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने कतव्र्य बोध भएको केसीले बताए । विगतलाई सम्झदै केसीले भने ‘पहिले देखि नै अभिनयमा चासो थियो तर समयले साथ दिएको थिएन, जब समयले साथ दियो सुरुमा अनुभव बटुल्न आएको थिए तर काम गर्दै जादा आशा, विश्वास र अनुभवले गर्दा अब कलाकारिता क्षेत्रमा केहि गर्ने योजना बनाएको छु ।

प्रतिक्रिया दिनुहोस्