प्रमोदको गीतमा नीता र अनुजको यस्तो प्रेम (भिडियो)



रंगखबर, काठमाडौं । गायक प्रमोद खरेलको  स्वरमा ‘तिम्रो सम्झनामा…’ बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । गीतमा मोडल अनुज चिलुवाल, अभिनेत्री नीता ढुंगाना र जीत सागरको अभिनय रहेको छ ।

धनराज तुफानको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । राजु केसीको छायांकन, अर्जुन पोख्रेलको सम्पादन रहेको गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुुन् ।शमसेर श्रेष्ठले भिडियो निर्माण गरेका हुुन् । मोडल अनुजले प्रमोद र नीतासँग काम गरेको यो दोश्रोपल्ट हो ।
Watch Song Here :- 

प्रतिक्रिया दिनुहोस्