‘राउडी राठौर २’ मा सोनाक्षी सिन्हा नरहने



मुम्बइ। हालै अक्षय कुमारले २०१२ मा रिलिज भएको फिल्म राउडी राठौरको अर्को सिक्वेल बनाउने घोषणा गरेका छन् ।अक्षय कुमार र सोनाक्षी सिन्हाको उक्त फिल्म ‘राउडी राठौर’ सुपरहिट भएको थियो ।  अहिले आएर उक्त फिल्मको सिक्वेलको विषयमा केहि नयाँ खुलासा भएको छ ।

प्राप्त भएको  समाचार अनुसार यो सिक्वेलमा पहिलो भागकी हिरोइन सोनाक्षी सिन्हा हुने छैनन् ।  फिल्म निर्माताले यो फिल्ममा सानाक्षीको ठाउँमा कुनै नयाँ हिरोइनलाई ल्याउने भएका छन्। तर नयाँ को रहने भन्ने बिषयमा भने केहि खुलाशा गरिएको छैन र फिल्ममा कुन हिरोइन हुने भन्ने छिट्टै निश्चित हुनेछ ।

उक्त  फिल्म राउडी राठौर २ लाई ‘पद्मावत’ निर्देशक संजय लिला भंसालीले बनाउने भएका छन् । फिल्मको तयारी तीब्र पारिएको छ । यो फिल्मको कथा ‘बाहुबली’का लेखक केवी विजेन्द्र प्रसादले लेखेका हुन् । राउडी राठौर तेलुगु फिल्मको रिमेक भए पनि दोस्रो भागमा भने आफ्नै मौलिक कथा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्