प्रियंका कार्की र प्रियंका चोपडामा साझा के ?



रंगखबर, काठमाडौँ- धेरै जस्तो कलाकारहरुले आफ्नो प्रेम सम्बन्धलाई बाहिर ल्याउन चाहदैनन। विशेष गरि नेपाली चलचित्र क्षेत्र र बलिउडका कलाकारहरुले आफ्नो करियरमा असर पर्ला की भनेर आफ्नो प्रेम सम्बन्धलाई मिडिया सामु ल्याउन चाहदैनन् ।

खुल्लम खुल्ला डेट गरिरहेका कलाकारहरुले पनि आफुहरु प्रेम सम्बन्धमा रहेको स्वीकार्न चाहदैनन् । बिशेष गरेर कलिउड र बलिउडमा  यस्तो परम्परा कायमै रहे पनि हलिउडमा भने स्टारहरु खुल्लम खुल्ला प्रेम गरिरहेका हुन्छन् ।

यति हुँदा हुँदै पनि कलिउड र हलिउडमा यस्ता कलाकारहरु पनि छन् जो आफ्नो प्रेम सम्बन्धलाई मिडिया सामु ल्याउन हिच्किचाउदैनन।

नेपाली सिने नगरी र बलिउडमा कुनै न कुनै कारणले चर्चामा आई रहने अभिनेत्रीहरु हुन् प्रियंका कार्की र प्रियंका चोपडा । प्रियंका कार्कीले जसरी पहिले  आफ्नो वैवाहिक सम्बन्ध र डिभोर्सका बारे मिडिया सामु सजिलै स्वीकारेकी थिईन त्यसै गरि अहिले आफ्नो प्रेम सम्बन्धका बारे पनि मिडिया सामु खुल्लम खुल्ला कुरा गर्ने गर्छिन।

हुन त आफु भन्दा ५ बर्ष साना प्रेमी  आयुष्मान देशराज जोशीसँग सुरुवाती प्रेम चर्चा चल्दा यी जोडीको खुबै आलोचना पनि पनि गरिएको थियो ।

तस्बिर : मेरो फिल्म 

सुरुमा प्रियंका आफैले आयुष्मान र आफु दिदि भाई भएको भनेकाले उनिहरुलाई दीदी भाईको प्रेम चल्यो भनेर उडाउने पनि गरिन्थ्यो । तर भन्नेहरुको वास्ता नगरी यी दुई अहिले खुसी-खुसी बसेका छन ।

त्यसै गरि बलिउडमा पनि प्राय: चर्चामा रही रहने अभिनेत्री हुन् प्रियंका चोपडा । उनको लभ रिलेसनको बारे पनि प्राय: सबैलाई थाहा नै छ । कहिले शाहरुख खान त कहिले अक्षय कुमारसँगको प्रेम चर्चाले एकताका बलिउड निकै तातेको थियो । यी क्वान्टीकोको अभिनेत्री अहिले  पुन:  चर्चामा छिन कारण उनको लभ रीलेसन ।

यी अभिनेत्री अहिले २५ बर्षीय अमेरिकी गायक निक जोनससँग गहिरो प्रेममा छिन । जोनस प्रियंका भन्दा १० बर्ष कान्छा छन । आफु भन्दा १० बर्ष कान्छा युवकसँग प्रेम सम्बन्धमा रहेको भन्दै बलिउडमा उनको खुबै आलोचना गर्ने पनि निस्किए तर पनि यी दुईले अरुको पर्वाह नगरी एक अर्काको परिवारसँग नजिक भै सकेका छन । अहिले बलिउडमा यो जोडीको विवाहाको चर्चाले बलिउड तातेको छ ।

नेपालमा प्रियंका कार्की र भारतमा प्रियंका चोपडाको जसरि नाम एउटै छ त्यसै गरि उनिहरुको प्रेमी बीचमा पनि एक चिज साझा छ त्यो हो उनीहरुको प्रेमीको उमेर ।

आयुष्मान प्रियंका भन्दा करिब ५ बर्षले साना छन भने प्रियंका चोपडाका प्रेमी उनि भन्दा १० बर्षले साना छन । सुरुमा यी दुवै अभिनेत्रीहरुले आलोचना खेप्नु परे पनि अहिले उनिहरुको सम्बन्ध विवाह नजिक पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्