अनिल र ऐश्वर्यलाई नराम्रो झट्का



रंगखबर, काठमाडौँ – बलिउड सुपरस्टार अनिल कपूर र ऐश्वर्य राय बच्चनलाई बक्स अफिसमा ठुलो झट्का लागेको छ । अगस्त ३ मा रिलिज भएको ‘फन्ने खान’लाई दर्शकले मन नपराउदा यी दुईलाई नराम्रो झट्का लागेको हो ।

सन् १९९९ र २००० मा दुई फिल्ममा सँगै काम गरेका यी दुई हस्तीको १८ वर्ष पछि ‘फन्ने खान’ प्रदर्शनमा आएको थियो । २००२ मा रिलिज बेल्जियम फिल्म ‘एभ्रीबडिज फेमस’को रिमेकको रुपमा निर्माण गरिएको फिल्मले समिक्षक र दर्शकबाट खराब समिक्षा झेल्नु पर्यो । र त्यसको असर बक्स अफिसका सुरुवाती दिनमै देखिएको छ ।

प्रदर्शनको पाँचौ दिनसम्म जम्माजम्मी ८ करोडको कमाई गरेको छ । ३५ करोड बजेटमा निर्मित फिल्म पहिलो साता नपुग्दै प्राय: हलबाट उत्रिसकेको छ । ‘फन्ने खान’को कमाईलाई बलिउड ट्रेड एनालिस्टहरुले दयनीय बताएका छन् । यो फिल्म अनिल कपूरको लागि पछिल्लो ६ वर्षको नम्बर १ डिजास्टर हो । २०१२ मा रिलिज ‘तेज’ पश्चात अनिलका फिल्मले यस्तो दयनीय व्यापार गरेका थिएनन् ।

त्यस्तै ऐश्वर्यका लागि यो फिल्म कमब्याक पश्चातको सर्वाधिक कमजोर हो । यसअघि रिलिज भएको ‘ए दिल हे मुस्किल’ले सय करोड माथिको व्यापार गरेको थियो । जुन फिल्म ऐश्वर्यको करियरकै सर्वाधिक ग्रसर हो ।

प्रतिक्रिया दिनुहोस्