‘मेरी मामु’को ट्रेलर सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । जावला खेल स्थित डिएभी स्कुलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण टीमले उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

बाल मनोविज्ञानमा आधारित चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु अयुब सेन,सारुक ताम्राकार,अश्लेशा ठकुरी तथा नव नायिका कुशुम गुरुङ लाई देखाईएको छ। चलचित्रको ट्रेलरमा बच्चा तथा आमा बीचको प्रेमलाई देखाइएको छ।

आयुवकी आमाको भूमिकामा  कुसुम गुरुङ छिन भने  पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् । ‘प्रेमगीत २’ बाट डेब्यु गरेकी अभिनेत्री अश्लेषा ठकुरी पनि उक्त चलचित्रमा मुख्य भूमिकामा छिन। चलचित्रमा निर्माता सन्तोषका छोरा आयुब सेनको  मुख्य भूमिका छ ।
https://www.youtube.com/watch?v=UX8KExbK0Xs
राज्जा रानी’ तथा ‘हुर्रे’ जस्ता चलचित्र  निर्देशन गरिसकेका याम थापाले ‘मेरी मामु’ को  निर्देशन गरेका छन् । आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र  भदौ १५ मा प्रदर्शनमा आउने तयारीमा  छ।

प्रतिक्रिया दिनुहोस्