तिहारमा छेकोमा ‘मुन्द्रेको कमेडी शो’



रंगखबर, काठमाडौँ – हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबार राति ८:५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ ।  कमेडी टेलीसिरियल ‘जिरे खुर्सानी’मा मुन्द्रेको नामबाट लोकप्रियता कमाएका जितु पुन: टेलिभिजनमा कमब्याक गर्दैछन् । शोको युट्युब लाइभ पनि हुनेछ ।

‘छक्का पन्जा ३’को अपार सफलता पश्चात जितुले तिहारको छेकोमा आफ्नो कमेडी शो प्रसारण गर्न लागेका हुन् । २२ वर्षदेखि हास्य विधामा मनोरंजन दिदै आइरहेका जितुको यो कमेडी शोले पूर्णतया नेपालीपन बोक्ने बताइएको छ । शो अध्यक्षमा ‘छक्का पन्जा’ सिरिज निर्देशक दीपाश्री निरौला छिन ।

‘भारतीय कमेडी शोबाट प्रभावित भएपनि, यो कुनै फ्रेन्चाइज भने होइन । यसमा पूर्ण रुपमा नेपाली पन हुनेछ । शोकी अध्यक्ष दीपाश्रीले बताइन ।

शोको एक एपिसोड निर्माण गर्न मात्रै ७ लाख रुपैयाँ खर्च भएको निर्माण पक्षले बतायो । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतको पनि सहभागी रहनेछ । शोको निर्देशन रवि श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्