बारम्बार ब्रेकअप हुनुमा पारमिताको दोषकि प्रेमीहरुको ?



रंगखबर, काठमाडौँ – दुई बर्ष अघि प्रदर्शन भएको फिल्म ‘चपली हाईट २’ मार्फत नेपाली सिने नगरीमा एक प्रेमिल जोडी आयुष्मान देशराज जोशी श्रेष्ठ र पारमिता राज्यलक्ष्मी राणाको इन्ट्री भयो । फिल्म रिलिजताका यी दुईलाई निकै आशा गरिएका कलाकारको स्थानमा पनि रखिएको थियो । तर फिल्म फ्लप भएसँगै यी दुई सिने नगरीबाट एकाएक हराएनन मात्र दुईको ब्रेक अप सम्म भयो । यता आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँगको प्रेम सुरु गरे भने पारमिताले पनि हिसी लोसाङ्ग नाम गरेका युवकसँग रोमान्स गर्न थालिन । जहाँ प्रियंका र आयुष्मानको प्रेम भने विवाहको मुखमा पुगी सक्यो भने परमिटलाई भने पुन: अर्को ठुलो झट्का परेको छ । केहि महिना अघि प्रदर्शन भएको फिल्म रोजले दर्शक माझ राम्रो छाप नछोडेको झट्का साम्मे नहुँदै पारमितालाई अर्को पिडा थपिएको छ । अब भने पारमिता र उनका प्रेमी हिसीको ब्रेक अपले गर्दा झन पिडा थपिएको छ ।

केहि दिन अघि पारमिताको जन्मदिनमा हिसीले औंठी उपहार दिएर इन्गेजमेन्ट नै जस्तो गरेका यी दुई बीच अब भने पानी बाराबार जस्तै नै भएको छ । हिसी र आफ्नो ब्रेक अपको खबर प्यामले आफ्नै इन्स्टाग्राम मार्फत अफिसियल गरेकी हुन् । उनि लेख्छिन ‘यो सबै थोकको लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैंले अहिले बल्ल बुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

बारम्बार प्रेमीहरुसँगको ब्रेक अपले गर्दा अहिले सम्बन्ध बचाउँन नसक्नुमा कतै पारमिताकै गल्ति त् छैन भन्ने अड्कल अहिले सिने जगतमा हुन थालिसकेको छ । या लगातार फिल्म फ्लप भएर उनले पब्लिसिटी स्टन्टका लागि त् यो तरिका अपनाएकी हैनन् भन्नेहरु पनि धेरै छन।

प्रतिक्रिया दिनुहोस्