हिपको कुरा गर्दा अक्क न बक्क भईन केकी



रंगखबर, काठमाडौँ-  ३ वटा शृंखला प्रशारण भै सकेको टेलिभिजन रियालिटी शो मुन्द्रेको कमेडी क्लब अहिले आम दर्शक माझ चर्चित बनिरहेको छ । विभिन्न सेलिब्रेटीहरुलाई निम्त्याई कमेडी गर्न माहिर मुन्द्रेले यस अघि करिश्मा मानन्धर, केदार घिमिरे, दिपकराज गिरि जस्ता कलाकारहरुलाई बोलाई सकेका छन । यस पटक भने नायीका केकी अधिकारीलाई गेस्ट बोलाएर उनले निकै नै कमेडी गरेका छन ।

अघिल्लो शृंखलामा मुन्द्रेले करिश्मा मानन्धरलाई महा नायीकाको पदवी दिई सकेका छन । यो पटक भने कमेडी क्लबमा केकी अधिकारीको हिपको माजक बनेको छ । कमेडियन ‘फ़ुलन्दे कि आमा’ उर्फ उमेश राईले अथिति केकीको हिपको बारे टिप्पणी गरेकी छिन । उनले उछिटिएको हिप भएर नै केकीले धेरै फिल्म र म्युजिक भिडियो पाएको रहेछ सम्म भ्याईन । उक्त टिप्पणी पश्चात अक्क न बक्क बनेकी केकीले माजकलाई हासेर नै पचाई दिईन ।

कार्यक्रम हरेक सोमबार राति ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्