तैमुरको बन्यो गुडिया, करीना र सैफको यस्तो रियाक्सन



रंगखबर, काठमाडौँ- सामान्य बच्चाहरुको खेलौना खेल्ने उमेरमा तैमुर को भने उनि जस्तै देखिने गुडिया बजारमा आएको छ। सैफ र करीनाका छोरा तैमुर सेलेब्रेटी बनिसकेका छन्। बलिउडका टप सेलेब्स पनि उनका फ़्यान्स छन्। रणवीर सिंहले त फिल्ममा तैमुरको बुवाको रोल निभाउने इच्छा समेत ब्यक्त गरे। मामा रनबिर कपुरले पनि तैमुर लाई बोकिरहन मन लाग्ने बताएका थिए भने आम फ़्यान्सका लागि त तैमुरको एक झलक नै काफी छ। अब उनलाइ बोक्न पाउनु त सपना नै हो। तर अब यो इच्छा पुरा हुन सक्नेछ। तैमुर नसही तर हुबहु उनि जस्तै देखिने गुडिया बजारमा आएको छ।

सेतो कुर्ता माथि निलो कोट लगाएको उक्त गुडिया तैमुर जस्तै देखिन्छ, विशेषत उनको जस्तै गुडियाको पनि निलो आँखा छ। निर्माता अश्विनी यार्दीले केरलाको एक खेलौना पसलमा उक्त गुडिया देखेपछि सोसियल मिडियामा पोस्ट गरेका हुन्। कत्ति लाई तैमुरको गुडिया क्युट लागेको छ त कत्तिलाई पागलपन। अब सैफ र करिनाको यसमा कस्तो रियाक्सन आउछ ! छोराको तस्बिरको १५०० लिदा अब गुडियामा कपीराइट नलगाउलान त ?

 

प्रतिक्रिया दिनुहोस्