‘हेड टु हेड’ च्यालेन्जबाट बाहिरियो नेपाल, शृंखलाले मागिन माफी



रंगखबर, काठमाडौँ – मिस वर्ल्ड -२०१८ को ‘हेड टु हेड’ च्यालेन्जबाट नेपालले टप ३० मा स्थान बनाउन असफल भएको छ । नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा ‘हेड टु हेड’को टप २० पुगेकी थिइन् । टप २० लाई दुई-दुई जनाको ग्रुप बनाएर १० समुहमा विभाजन गरिएको थियो । नेपालले आफ्नो प्रतिस्पर्धि स्वरुप सिंगापुरलाई पाएको थियो ।

फाइनल प्रिजेन्टेसनमा सिंगापुरले राम्रो प्रस्तुति दिएपछि तीन निर्णायकको भोट नेपालको पक्षमा परेन । निर्णायकमा मिस वर्ल्ड २०१३ (फिलिपिन्स), २०१६ (पुइर्टो रिको) र २०१७ (भारत) थिए । तिनै निर्णायकले सिंगापुरलाई भोट गरेपछि, ‘हेड टु हेड’ च्यालेन्ज मार्फत टप ३० मा पुग्ने नेपालको अवसर गुमेको छ ।

‘हेड टु हेड’ मार्फत टप ३० मा भारत, सिंगापुर, थाइल्याण्ड, मेक्सिको, युगान्डा, भेनेजुइला, म्युरीटिएस, बंगलादेश, चिली र मलेसियाले स्थान बनाएका छन् ।

‘हेड टु हेड’बाट बाहिरीए पछि शृंखलाले आफ्ना प्रशंशकहरुसँग माफि मागेकी छन् । मिस वर्ल्डको दौडबाट अझै नबाहिरिएको भन्दै शृंखलाले आगामी विधामा राम्रो गरेर यात्रामा निरन्तरता दिने वाचा गरेकी छन् । अब मल्टीमिडिया र ब्युटी विथ प्रपोज विधा बाँकी छन् । मल्टीमिडिया अवार्डको दावेदार मानिएकी शृंखलाले टप ३० मा स्थान बनाउने आशा गरिएको छ ।

यसपटकको मिस वर्ल्ड चिनको सान्यामा डिसेम्बर ८ मा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्