विहे पश्चात फिल्म लाइन चटकै छोड्छु – पूजा शर्मा



रंगखबर, काठमाडौँ –  पूजा शर्मा अहिलेकी टप अभिनेत्रीको लिस्टमा पर्छिन । निक्कै फ्यान फ्लोविन्ग्स कमाएकी पूजाले विहे पश्चात फिल्म लाइन नै छोड्ने अभिव्यक्ति दिएकी छन् । यसले पूजाका फ्यानहरुलाई मन दुख्न सक्छ ।

प्राय: कलाकारलाई अभिनयको भुत यतिसम्म हुन्छ की, जो मरुन्जेल क्यामराको एक्सन कटमा रमाउन चाहन्छन । पूजा उसो त बोलीको ठेगान नभएकी अभिनेत्रीमा पर्छिन । जसले गर्दा आफ्नै बोली उनलाई बेला-बखत भारी परिरहेको हुन्छ ।

सबस्त इन्टरटेनमेन्टको एक अन्तर्वार्तामा पूजाले भनेकी छन् ‘विवाह पश्चात म फिल्म इन्डष्ट्रीमा हुनेछैन । मैले मेरो श्रीमान, छोराछोरी, सासु-ससुरा र फ्यामिलीको लागि यो क्षेत्र छोड्नु पर्छ ।

अन्तर्वार्तामा प्रस्तोताले प्रश्न सोध्छिन ‘पूजा शर्माको ठुलो सपना के छ ?’ एकछिन सोचेर अभिनेत्री शिल्पा पोखरेलले पूजालाई प्रतिप्रश्न गर्छिन ‘यहिँ फिल्डमा बुढो हुँदासम्म पनि रहिरहने होला हैन  ?’ पूजा (झट्टै) शिल्पाको प्रश्न नकार्दै भन्छिन ‘के को लागि बुढो हुँदासम्म यहि फिल्ममा रहनु ?’ जुन उत्तरले फिल्म र यो क्षेत्रलाई माया गर्ने जो-कोहिलाई खिन्न बनाउँछ ।

पूजा अगाडी थप्छिन ‘विहे पछि म कहाँ फिल्म लाइन भनेर बस्छु , म त फ्यामिलीलाई टाइम दिन्छु नि । फ्यामिलीले अहिले नै यो लाइन छोड भनेपछि, म छोड्न सक्छु । म यो लाइनको लागि त्यति धेरै क्रेजी छैन । सायद अबको २-३ वर्ष नै होला कि ?’

विहे गरिसके पछि दुई तिर समय दिन नमिल्ने पूजाको तर्क छ । उनि दुई ओटा डुंगामा एकैपटक खुट्टा टेक्न चाहन्निन । त्यसले विहे पश्चातको सम्पूर्ण समय फ्यामिलीलाई नै दिने पुजाको योजना छ ।

पछिल्लो समय प्रदर्शनमा आएको ‘रामकहानी’ले सोचेजस्तो सफलता पाउन सकेन । अहिले पूजा सुदर्शन थापाको निर्देशनमा बन्ने ‘सम्हालिन्छ कहिले मन’को लागि तयारी गरिरहेकी छन् ।

तस्विर: गुगल

प्रतिक्रिया दिनुहोस्