आयुषमानको ‘ड्रिम गर्ल’



रंगखबर, काठमाडौँ – ‘अन्धाधुन’ र ‘बधाई हो’को ठुलो सफलता पश्चात अभिनेता आयुषमान खुरानाले नयाँ फिल्म ‘ड्रिम गर्ल’को छायाँकन थालनी गरेका छन् । सुरुवाती करिअरदेखि नै कन्टेन्ट बेस फिल्ममा पर्दापण भैरहेका आयुषमानलाई यसपटक कन्टेन्ट प्लस कमेडीमा हेर्न पाइनेछ |

छायाँकनको पुर्वसन्ध्यामा फिल्म एक अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ आयुषमान सारी र चुरामा सजिएर स्कुटीमा बसेका छन् । राज सान्दिल्याको निर्देशनमा बन्ने फिल्मको घोषणा एक भिडियो मार्फत गरिएको थियो । जुन भिडियोले अहिले चौतर्फी चर्चा कमाइरहेको छ ।

फिल्ममा आयुषमानको अपोजिट नुश्रत भरुचा हुनेछिन् । यहिँ वर्ष प्रदर्शित सुपरहिट फिल्म ‘सोनु के टिटु के स्विटी’मा अभिनय गरेपछि नुश्रत लाइमलाइटमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्